• २०८३ बैशाख २३ गते बुधवार

बाताबरण संरक्षणको लागि भक्तपुर टुर्सको पदयात्रा आयोजना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २४, काठमाडौं । निजी सवारी साधन बाहक र अनाबश्यक यात्राको न्यूनिकरण गर्ने उदेश्यका साथ भक्तपुर टुर्सले पदयात्रा गर्ने भएको छ । नयाँ बर्ष २०७८ को अवसरमा सहरबासी नेपालीहरुलाई कम मात्रमा सवारी साधनमा यात्रा गर्ने सन्देश प्रवाह गर्न बैशाख १ गते ३३ पोखरी पदयात्राको आयोजना गर्न लागिएको हो ।


करीब ३३ हजार फीट लामो उक्त पद यात्रा सामान्य मानिसले ३ घन्टा ३३ मिनेट मा पुरा गर्ने गरेको छ । पदयात्रा बिहान साढे सात बजे भक्तपुरको माहेश्वरी मन्दिरबाट सुरु हुनेछ । उक्त दिन भीड हुन नदिन दश दश जनाको समूहले एक एक मिनेटको अन्तरालमा यात्रा प्रारम्भ गर्नेछ । उक्त पदयात्रामा भक्तपुरका ३३ वटा साना ठुला पोखरीहरुको अवलोकन गर्न सकिन्छ । यो यात्रामा प्रतिष्ठित बैक, सहकारी, स्कूल, कलेज, सरकारी कर्मचारी, कुतनितिक नियोगका अधिकारीहरुको समेत सहभागीता हुनेछ । पदयात्रीहरुको मनोरन्जनको लागि स्थानीय परिकार सहित सम्हे बजीको ब्यबस्था गरिएको छ ।

स्वास्थ्य सुरक्षालाई मध्य नजर गरी सहभागीहरुले चैत ३१ सम्म नाम दर्ता गर्नु पर्नेछ । निजी सवारी साधन बाहक र अनाबश्यक यात्राको न्यूनिकरण गर्ने उदेश्यका साथ भक्तपुर टुर्सले नियमित रुपमा पदयात्रा गर्ने गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस