मंसिर १९, रुपन्देही । गायिका प्रिया भण्डारी दाम्पत्य जीवनमा प्रवेश गरेकी छन् । गायिका भण्डारीले अमेरिकामा बस्ने पाल्पाका युवक प्रभात अधिकारीसँग आइतबार बुटवलमा विवाह गरेकी हुन् ।

सैं पनि एमाले, मै पनि एमाले बोलको गीतमा बद्री पंगेनीसँगै स्वर दिएपछि चर्चामा आएकी भण्डारीलाई आशीर्वाद दिन एमालेका खिमलाल भट्टराई, लिला गिरी, भुमिश्वर ढकाल लगायतका नेताहरु बुटवल पुगेका थिए ।