भदौ २०, मुगु । मुगुमा शनिवार एक कार्यक्रमका बिच ५९ औं रेडक्रस विवस मनाईएको छ । दिवसमा उपस्थितीहरु लाई स्वास्थ्य सामग्री वितरण शाखा मुगुले दिवस मनाएको हो ।
निरन्तरता भन्ने मूल नाराका साथ नेपाल रेडक्रस सोसाइटी शाखा कार्यालय मुगुले ५९ औं स्थापना दिवस मनाएको छ । शनिवार कार्यालयमा रेडक्रसका संस्थापक जाँ हेनरी ड्यूनाको तस्विरमा माल्र्यापण गरी सोसाइटीका सभापति जय बहादुर मल्लले ले दिवसको शुरुवात गर्नुभएको थियो ।
अध्यक्ष मल्लले भन्नु भयो रेडक्रस प्रेमीलाई एक बनाउन मद्धत गरिरहेको छ । दिवसको बारेमा बोल्दै उहाले नेपाल रेडक्रसले सबैको सहयोग पाइरहेको र समुदायको मायाले नै रेडक्रस अगाडि बढेको सभापति जय बहादुर मल्लले बताउनु भयो ।
रेडक्रस सोसाईटि कार्यालय यति मात्र नभई गरिब , विपन्न , असहाय , टुहुरा , बाढि पहिरो पिडितको पहिलो धार भएको बताईएको छ । यसले विपद प्रतिकार्य जस्ता घटनाहरुमा उल्लखनिय सेवामा अनवरत रुपमा खटिरहेको पुर्व सभापति तथा पुर्व केन्द्रिय सदस्य तिलक बहादुर मल्ल यस्तो भन्नु हुन्छ । पछिल्लो समय मुगुमा कोरोना भाईरस कोभिड १९ संकटको घडिमा रेडक्रसले महत्वपुर्ण भुमिका खेलेको छ । कोरोना महमारी र यहाका स्थानीयको विरामिहरुको समस्यालाई मध्येनजर गर्दे एम्बुलेन्स सेवा पनि विस्तार गरेको छ । त्यो सँगै जिल्लामा रहेका गरिब , विपन्न , असहाय जस्ता विभिन्न घटनामा परेका गरिब , दुखि लाई रेडक्रस मुगुले घाउमा मलम लगाउदै आईरहेको छ ।