• २०८३ मङ्सिर १४ गते आइतवार

शंकर पोखरेल नेतृत्वको सरकारलाई समर्थन छैन : सांसद रायमाझी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २१, काठमाडौं । जनता समाजवादी पार्टी(जसपा) लुम्बिनी प्रदेश सांसद सुमन शर्मा रायमाझीले मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारलाई समर्थन नभएको बताउनुभएको छ । आइतबार प्रदेश सभा सचिवालयलाई पत्र पठाएर सांसद रायमाझीले सरकारलाई समर्थन नरहेको बताउनु भएको हो ।

उहाँले आफू संसदीय दल र पार्टीको निर्णय विपरीत पोखरेल नेतृत्वको सरकारमा सहभागी भएको, तर हाल राज्यमन्त्री पदबाट राजीनामा दिई विपक्षमा रहने निर्णय गरेको संसद सचिवालयलाई जानकारी गराउनु भएको छ । पोखरेल नेतृत्वको सरकारमा सहभागी रायमाझीले १८ असारमा राजीनामा दिनुभएको थियो ।

उहाँले प्रदेश सभा सचिवालयलाई पठाएको पत्रमा भन्नुभएकोध छ, ‘अब पार्टीको मूलधारमा रही दलको नेता मा.सहसराम यादवको नेतृत्वमा काम गर्ने र शंकर पोखरेल नेतृत्वको सरकारलाई मेरो कुनै किसिमको समर्थन नरहेको व्यहोरा जानकारीका लागि अनुरोध छ।’

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चाले मुख्यमन्त्री पोखरेलविरुद्ध वैशाखमा अविश्वास प्रस्ताव दर्ता गरेका थिए । अविश्वास प्रस्ताव दर्ता गरेकै दिन मुख्यमन्त्री पोखरेलले रायमाझीसहित जसपाका चार सांसदलाई मन्त्री नियुक्त गर्नुभएको थियो । जसले गर्दा पोखरेलको पक्षमा बहुमत बनेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस