• २०८३ जेष्ठ ५ गते मङ्गलवार

हामी जनप्रतिनिधि जनताको सेवामा अहोरात्र खटिएका छौ : शिव न्यौपाने

खबर२४ नेपाल पढ्न लाग्ने समय : ४ मिनेट

जेठ २२, रामेछाप । समस्याका चाङहरु छिचोल्दै केहि जनप्रतिनिधि विकास निर्माण लगाएतका कार्य गर्न जुटिरहेका हुन्छन भने कार्यसम्पादनको शिलशिलामा केही स्थानीय जनप्रतिनिधिहरु पदभ्रष्ट भएर पनि निस्कन्छन।चेलीबेटी बेचबिखनमा अग्रसरता देखाउछ्न। बेचबिखन कार्यमा सङ्लग्न भएका नुवाकोटका वडा अध्यक्षको कथा जनताले बिर्सेका छैनन।भ्रष्टाचारको दलदलमा भासिन्छ्न।विभिन्न तस्करीसमेत सङ्लघ्न हुन्छन । बलात्कार जस्तो जघन्य अपराधमा पछि पर्दैनन। गाउँ बनाउछु भन्दै कसम खान्छ्न तर अपराधिक कार्यमा आफ्नो दिमागलाई बिसर्जन गर्दै जनतालाई उल्लु बनाउछ्न।

केहि स्थानीय जनप्रतिनिधि यस्ता पनि हुन्छ्न ,जो अहोरात्र जनताका र गाउँको बिकास कार्यमा लागीरहेको देखिन्छ । निर्वाचित भएपश्चात गाउँबिकासको लागि आधार खडा गर्न उनिहरु सफल भएका देखिन्छ । गरो भने हुन्छ भन्ने संदेश उनिहरुले दिएका छ्न ।

लिखु तामाकोसी गाउँपालिका -6 रामेछापमा निर्वाचित वडाध्यक्ष शिव न्यौपाने तिनै अहोरात्र जनसेवामा समर्पित हुने मध्ये एक जनप्रतिनिधिमा पर्छन् ।कोरोनाले अहिले उनलाई सुत्न समेत दिएको छैन।उनी कोरनाबाट ग्रसित त छैनन तर बिरामीको सेवामा प्यास, निन्द्रा,भोक केही नभनी खटिदा उनी सुत्न समेत पाइरहेका छैनन।जनताको सेवामा खटिने जनप्रतिनिधिहरु मध्ये एक न्यौपानेसग न्युज 24 नेपाल डटकमले गरेको कुराकानीको सम्पादित सारम्श:

मुलुक कोभिड 19 ले ग्रसित भइरहेको छ ।नियन्त्रका प्रयास र जतिसक्दो चाडो सबै नेपालीहरुलाइ खोप लगाउने कार्यसमेत सबै तहका सरकार र अन्य तहबाट भइरहेका छ्न।लिखुतामाकोशी गापा -6 मा रहेको प्राथमिक स्वास्थ केन्द्र खिम्तीमा अहिले न्यौपाने बिरामीलाई स्वस्थयकर खाना खुवाउन र जुटाउन दौडधुप गरिरहेको देखिन्छन।अक्सिजन लगाएतका स्वास्थ सामाग्री स्वास्थ केन्द्रमा कसरी आइपुग्छ र बिरामीले प्रयोग गर्न पाउँछन् भन्दै आफ्नो मोबाइलको स्विच दबाएको दबाई हुन्छ्न। सवारी साधन सहज तरिकाले पुग्ने गरि बाटो बिस्तार गर्न नसकेकोमा उनी चिन्तन हुदै भन्छन”म सबै सम्बन्धित निकायमा प्रयासरत छु सायद मेरै पालामा(कार्यकालमा) सकिन्छ होला। उनको चिन्ता पनि जायज देखिन्थे।

करिब एक किलोमीटरको दुरिमा रहेको पक्की बाटोबाट सहज तरिकाले स्वास्थ केन्द्रमा बिरामी पुग्न सक्दैनन। मन्थली नगरपालिकाको एक वडा र गोगुलगङ्गा गापाको बिरामीले समेत सेवा लिने उक्त स्वास्थ केन्द्रको यो अवस्था मानवीय दृष्टिकोणबाट नियाल्दा उदेकलाग्दो देखिन्छ। जहाँ अहिले डाक्टर सुजन कडरिया न्यौपानेसगै बिरामीको सेवामा खटिएका देखिन्छन। यसलाई अपसोचनै मान्नु पर्छ “जहाँको बिरामी स्वास्थ केन्द्र जाने बाटो राम्रो नहुदा MBBS डाक्टरले दिने स्वास्थ सेवा लिनबाट बन्चित हुँदै आएका छ्न।”

गाउमा आफू निर्वाचित भएपछि भएका बिकास र आएका समस्याहरु बारे बोल्दै न्यौपाने भन्छ्न”074 को बाढिपहिरोले खिम्तिलाइ दर्दनाक बनाएको थियो ।यस बाढिपहिरोले खिम्तिको सम्रचनामा ठूलो परिवर्तन ल्यायो।कृषि योग्य जमीन ,पशुपङ्छी,मात्र नभएर मानबिय क्षति समेत हुन पुगेको थियो । 70 सालको र 72सालको प्राकृतिक प्रकोपको कारण भएको क्षतिको सामधान हुन नपाउदै 074 को प्राकृतिक प्रकोपको सामना खिम्तीले गर्यो। यस्तो प्रतिकुल अबस्थामा म वडामा निर्वाचित भएको थिए ।”

पक्कैपनी यस्तो अबस्थामा काम गर्न सहज थिएन नै ।तै पनि मैले हिम्मत नहारी जनताको सेवामा लागिरहेको थिए।
हामी निर्वाचित भएको 3 /4 बर्ष बितिसक्दा हामिले देखिने गरि केही काम गरेका छौ।निर्वाचनमा गरेको प्रतिबद्धताअनुरुपका काम भैसकेको र हुँदै गरेको न्यौपानेको दाबी छ।

चुनावताका जनतासग गरिएका प्रतिबद्धता सम्झिदै पूरा गरेको उदाहरण दिदै उनी भन्छ्न”हामिले टोल टोलमा बाटो पुर्याउछौ भनेका थियौ प्रायः सबै टोलमा कच्ची भएपनि बाटो पुर्याईसकेका छौ।खालीटार-नाङ्थली सडक ,दारे गौडा-रातमाटा सडक,गिद्दे-थामडाडा सडक ,पुस्पलाल राजमार्ग हुँदै दोभान जोड्ने सडक ,300 टोलमा बाटो जोड्ने काम ,खालिटार -कालिमाटी टोल,कटुन्जे-थामडाडा,खालिटार -थामडाडा सडक हामिले निर्माण गरिसकेको छौ।

खानेपानीको समस्या साबधान हुन लागेको छ।ज्यामिरे सिंचाइ आयोजनाको लागि प्रदेश सरकारबाट आर्थिक बर्ष 077/078 को लागि 70 लाख रुपैया पार्न हामी सफल भएका छौ। अन्य साना सिंचाइ आयोजनाका लागी 30लाख रुपैयाँ प्रदेशको रातो किताबमा लेखिएको छ। तीस लाख हामी 3 वटा साना सिंचाइ आयोजनामा खर्च गर्छौ।खानेपानी समस्या समाधान गर्नको लागी गिद्दे खानेपानी आयोजनाका लागी 35 लाख आएको छ।यो योजना थामडाडा देखि भदौरे सम्मको योजना हो।अन्य 3वोटा योजना छ्न ती सम्पन्न भएपछि खानेपानीको समस्या लिखु तामाकोसी गापा -6 मा सिद्दिने छ।

मेरो वडामा हामिले आयआर्जन कसरी गर्न सकिन्छ भन्ने कुरामा जोड दिएका छौ। त्यसै नबसौ केही गरौ भनेर खिम्तीबासि लागिपरेका छौ।कृषकहरू लाई प्रत्यक्ष फाइदा हुने गरि हामिले कृषिको काम गरेका छौ।प्रदेश सरकारले दिने अनुदानमा कृषकलाई जोड्न हामीले पुलको काम गर्दै आएका छौ।
थामडाडामा अबस्थित सय बर्ष पुरानो छिताकुण्ड महादेवको मन्दिर बनाउछौ भनेका थियौ ।बनाइसकेका छौ।उक्त मन्दिर जानको लागि नाङ्गेडाडा-छिताकुण्ड पदमार्ग निर्माण गर्नको लागि आबस्यक कागज पुरातत्त्व बिभागमा पुर्याएका छौ।

भुकम्प पछि क्षतबिक्षत भएको श्री तामाकोसी जनजागृती माबीको भवन पुनः निर्माण कार्य सम्पन्न भएको गरेका छौ। तत्कालीन अबस्थामा बागमती प्रदेशका आर्थिक मामला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले उक्त स्कुलको भवन उद्घाटन गर्नु भएको सर्वबिदितनै छ।

सरकारी स्कुल भनेपछि नराम्रो पढाई हुन्छ भन्ने मान्यतालाई हामिले गलत साबित गर्दै छौ।गुणस्तरीय शिक्षामा जोड दिएका छौ। नर्सरी देखिनै हामिले अङ्ग्रेजी माध्यममा पढाई सुरु गरेका छौ। ब्यबस्थापन तेहि अनुरुप गरेका छौ।नौ कक्ष। देखि प्राबिधिक शिक्षा सन्चालनमा ल्याएका छौ।स्कुललाई सुबिधा सम्पन्न बनाएको छौ।ज्यामिरे माबी मा समेत हामिले सोही अभ्यास सुरु गर्दै छौ। टाढाका विद्यार्थी समेट्न स्कुलको आफ्नै बस व्यवस्था गरेका छौ।
स्कुल को थप ब्यबस्थापनको लागि अपुग जग्गा समेत खरिद गरिसकेका छौ। आधारभुत बिधालयमा बिद्यार्थी संख्या कम भएकाले गाउँपालिका स्तरीय शिक्षा समिति बनेपछि समस्या साबधान गर्न पहल गर्दै छौ।
माओवादी द्वन्द्वबाट बिस्थापित भएका सरकारी कार्यलयलाइ खिम्तिमै ल्याउने प्रयास गरिरहेका छौ।नेपाल बैंक लिमिटेड पुन स्थापित जनतालाई सेवा प्रदान गरिसकेको छ । “

Sharing

प्रतिक्रिया दिनुहोस