जेष्ठ २२ मुगु । पछिल्लो समय मौसम परिवर्तन सँगै मुगुका ग्रामिण क्षेत्रमाज्वरो, रुघा खोकिका विरामिहरु बढ्न थालेका छन् । यस्ता लक्षणहरु देखा परेपछि स्थानीयबासिमा कतै कोरोना संक्रमणले छोयो कि भन्ने चिन्ता लागेको छ ।

जिल्लामा रहेका ४ वटा स्थानीयतहमा बसोबास गर्ने ग्रामिण भेगमा स्थानीयलाई हिजो आजज्वरो आउने, टाउको दुख्ने, खोकिलाग्ने र नाक बाट सिकानबग्ने शरिर दुख्ने जस्ता लक्षणहरु देखा परे पछि स्थानीयबासि त्रसित बनेका छन् । जिल्लामा कोरोना संक्रमणको दर बढ्न थाले पछि समयमै परिक्षण गर्न सकिएको छैन । आफु लाई कहिं कतै कोरोनापोजेटिभ देखाई हाल्छ किभन्ने डरले कतिपय स्थानीयबासीहरु परिक्षण बिनेै घरमा बसिरहेका छन् ।

प्रायजसो स्थानीयबासीहरु परम्पराग रुपमा स्थानीय जडिबुटिबाटै उपचार गराई रहेका छन् । एकातिर स्थानीय स्वास्थ्यकर्मीकाअनुसार मौसम परिवर्तन सँगै ज्वरो आउने, रुघाखकी लाग्ने जस्तो लक्षणहरु देखा परेको सोरु गाउँपालिकाको स्वास्थ्यशाखाले जानकारी दिएको छ । त्यस्ता लक्षण देखिएका बस्तिहरुमा गाउपालिकाबाट सामान्य सिटामोल, एन्टाबायटिक जस्ता औषधिहरु पठाई सामान्य स्तरमा चेकजाँचगर्ने प्रयास भई रहेको सोरु गाउपालिकाका स्वास्थ्यशाखा प्रमुख कर्ण बहादुर सावतले बताउनु भयो ।
सोरु गाउपालिका ४ रावल वाडाको दलितबस्तिमापुगि ५० घर धुरीमा यस्तै खाले लक्षणहरु देखा परेका छन् । गाउपालिकाले परिक्षणको लागिउक्तगाउमा खटाए पनि गाउपालिकाबाट सञ्चालित स्वास्थ्यचौकीमा औषधी अभाव रहेको छ । आर्थिक अवस्था कमजोर भएका दलित विपन्न परिवारलाई निजि मेडिकलबाट औषधी जोहो गर्न मुस्किल भए पछि स्थानीय स्तरमा पाईने जडिबुटि कटुको, चिराईतो जस्ता बहुमुल्य जडिबुटीको औषधी बनाएर उपचार गराईरहेको स्थानीय चामे नेपालीले जानकारी दिए ।
३८ लाखको औषधी, स्वास्थ्यचौकिमा सिटामोल
यता सोरु गाउँपालिकाले आव २०७७।०७८मा सशर्त अनुदानबाट १८ लाखनिश्यातथ अनुदानबाट गरी ३३ लाखको औषधीखरिद गरिएको र पुनः ५ लाखको औषधीखरिद गरी ३८ लाख बराबरको औषधी खरीद गरिएको र केही औषधी स्वास्थ्य सस्थामा बितरण गरी सकेको र केहीऔषधीगाउँपालिकाको स्टोरमा रहेको सोरु गाउपालिकाका अध्यक्ष लोकबहादुर शाहीले बताए ।
गाउपालिकाले लाखौ मुल्यखरिद गरेर ल्याएको औषधिहरु पालिका द्धारा सञ्चालित स्वास्थ्यचौकिहरुमा मुस्किलले सिटामोल पाईने गरेको छ । नेपाल सरकारबाट ७० प्रकारका औषधि निःशुल्क रुपमा पाउने प्रावधान रहेतापनि सोरु गाउपालिकाका स्वास्थ्यचौकीमा त्यो रहेको छैन । स्वास्थ्यचौकीमा औषधी नहुदा चर्को मुल्य हालेर निजि मेडिकलहरुको औषधी किनेर उपभोग गर्नु भन्दाआफ्नै स्थानीय जडिबुटीको औषधी बनाएर उपचार गरि रहेको स्थानीय सुचना नेपालीले बताई ।
स्वास्थ्य संस्थाबाट माग आए अनुसारको औषधी उपलब्ध गर्ने गरेको र हिजो–आज सबैभन्दा बढी मौसमी चेन्ज भएको हुँदा रुघाखोकी, ज्वरोका बिरामीहरू बढेको स्वास्थ्यकर्मी जानकारी गराएका छन् ।