जेठ २२, झापा । झापा कचनकवल गाऊपालिका ६ का ४० बर्षीय डोलु आलम मियाको करेन्ट लागेर मृत्यु भएको छ । शुक्रबार बेलुका ६ बजे सोही स्थानका श्याम भेटवालको घरमा धान काट्न आएका उनको कलमा पानी खाने क्रममा करेन्ट लागेको हो ।
प्रहरीका अनुसार पानी तान्ने मोटरबाट करेन्ट लागी गम्भिर घाईते भएका उनको उपचारको लागी अस्पताल लाने क्रममा बाटैमा मृत्यु भएको हो ।