• २०८३ जेष्ठ २७ गते बुधवार

नेप्से परिसूचक ५.०९ अंकले घट्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २२, काठमाडौँ । बुधबार नेप्से परिसूचक ५ .९ अंकले घटेर २ हजार ६ सय ४९ दशमलव ६० अंकमा झरेको छ । बुधबार २ वटा कम्पनीको त १० प्रतिशतले सेयर मूल्य वृद्धि भएको छ । यी दुई समेत १६ कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा माथिले बढेको छ ।

१६ कम्पनीको सेयर मूल्य आज सकारात्मक सर्किट लेभलमा कारोबार भयो । सबै भन्दा धेरै कमाउनेमा रिढी हाइड्रो पावर र रैराङ हाइड्रोपावर देखिएका छन् । आईपीओ सूचीकृतभएसँगै बढ्ने क्रम शुरु भएको महिला लघुवित्तको सेयर मूल्य पनि आज करिब १० प्रतिशतले बढ्यो । लामो समय कारोबार रोक्का भएर फुकुवा भएको विशाल बजारको सेयर मूल्य पनि हिजो अस्ति जस्तै आज पनि करिब १० प्रतिशतले नै बढ्यो ।

Sharing

प्रतिक्रिया दिनुहोस