• २०८३ जेष्ठ १ गते शुक्रवार

म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको फाइनलमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २२, काठमाडौँ । इंग्लिस क्लब म्यानचेस्टर सिटी युरोपियन च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । सेमिफाइनलमा फ्रेञ्च क्लब पिएसजीमाथि समग्रमा ४-१ गोलको जित निकाल्दै सिटी उपाधि नजिक पुगेको हो ।

पहिलो लेगमा २-१ ले विजयी भएको सिटीले मंगलबार राति घरेलु मैदानमा भएको दोस्रो लेगमा २-० गोलको जित निकाल्यो । अब उपाधिका लागि सिटीले आगामी २९ मेमा इंग्लिस क्लब चेल्सी वा स्पेनिस क्लब रियल म्याड्रिडविरुद्ध खेल्नेछ।

Sharing

प्रतिक्रिया दिनुहोस