• २०८३ बैशाख ११ गते शुक्रवार

मुगुमा क्षयरोगीको संख्या उकालो लाग्दै 

खड्क सुनार पढ्न लाग्ने समय : २ मिनेट

माघ २३, मुगु । हिमाली मुगु जिल्ला मुगुमा गत भन्दा यो वर्ष क्षयरोगिको संख्या उकालो लागेको छ । जिल्लाको गत वर्षको तथ्यांक अनुसार जिल्ला भरी ५१ जनाको क्षयरोगीको संख्या रहेको थियो भने आर्थिक बर्षको ६ महिनाको अवधिमा १६ जना क्षयारोगी देखा परेको जिल्ला अस्पताल मुगुले जानकारी दिएको छ ।

उनका अनुसार यही रफ्तारमा बिरामीको संख्या बढ्ने हो भने गत बर्ष भन्दा यो बर्ष मुगुमा क्षयरोगीको संख्या बढ्ने जिल्ला अस्पताल मुगुका क्षयरोग तथा कुष्टरोग उपचारका फोक्कल प्रर्शन ज्ञानसिंह बुढाले जानकारी दिए । क्षयरोग बिश्वमा जनस्वास्थ्यको प्रमुख समस्याको रुपमा रहेको छ । भने उच्च मृत्यू दर भएका १० वटा रोग मध्य यो एउटा रोग हो । सन् २०९३ मा बिश्व स्वास्थ्य संगठनले क्षयरोगलाई जनस्वास्थ्यको प्रमुख समस्याको रुपमा गरिएको हो ।

यस क्षयरोग बाट बच्न बचाउन र कम गर्नको लागी नेपाल सरकारले सन् १९८५ मा नेपालमा डट्स निती अवलम्बन गदै बिभिन्न कार्य गरे पनि पछिल्लो समयमा मुगुमा क्षयरोगीक%B संख्या बढी रहेको छ । क्षयरोगीको संख्या बढी रहेको भए पनि योरोगका बिरामीहरुको लागी औषधी निशुल्क उपलब्ध गराएको हुनाले रोग पहिचाहीन भै सकेका बिरामीहरु बिरामीको अबस्था अनुसार नियमित औषधी आए भर्ने निको हुर्ने समेत फोक्कल प्रशन बुढाको भनाई छ ।

घरमा लामो समय सम्म बिरामी भएको थिए जिल्ला अस्पताल मुगुमा चेक जाच गर्दा क्षयरोग देखी यो हिजो आज नियमित औषधी खादा केही ठिक भएको छ । हामी गरीब जनता कहाँ औषधी गर्न उपचार गर्न निकै गारो हुन्थो सरकार बाट निशुल्क पाउर्ने औषधी पाउदा निकै खुसी लागेको छाँयानाथ रारा नगरपालिका वडा नम्बर १२ का देबी चन्द्र बुढाले बताए । हिजो आज मुगु जिल्लाको चार वटै स्थानमा क्षयोरोगि बिरामीहरुलाई निशुल्क उपलब्ध गराउर्ने गरिएको छ । मुगु जिल्लामा अहीले २ जना कुष्टरोगी पनि रहेको छन यी कुष्टरोगीहरुले नियमित घरकै बसी नियमित जिल्ला अस्पतालको निगरानिमा औषधी खाई रहेको जिल्ला अस्पताल मुगुले जानकारी गराएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस