कात्तिक १८, बुटवल। कपिलवस्तुमा पेस्तोल र लागुपदार्थसहित सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार जिल्लाको मायादेवी गाउँपालिका–८ स्थित बिजुवा चोकबाट पेस्तोल र लागुऔषध सहित मायादेवी–६ डुमरा बस्ने २२ वर्षीय फेराज अहमद मुसलमानलाई पक्राउ गरेको हो ।
भारतिय युपी–५५ एफ ०८६६ नम्बरको मोटरसाइकलमा चाकरचौडाबाट पकडीतार्फ जादै गरेका मुसलमानको साथबाट प्रहरीले १ थान पेस्तोल, २८ वटा कार्टिज र लागु औषध बरामद गरेको छ ।
त्यस्तै मुसलमानको साथबाट ४२ चक्की स्पास्मो ,२१ चक्की नाइट्राजेपाम, भिभो मोबाइल १ थान, पेनड्राइभ ४ थान र वाइफाइ स्पिडर १ थान बरामद गरिएको छ । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।