• २०८३ बैशाख ५ गते शनिवार

पाल्पाको रुख ढल्दा एक जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १८, पाल्पा । पाल्पाको अर्गली कालीगण्डकी करिडोर सडक खण्डमा अचानक बरको रुख ढल्दा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । अर्गलीका ५६ बर्षका लक्ष्मण पाण्डेको घटना स्थलमै मृत्यु भएको स्थानिय ऋषिराम पाण्डेले जानकारी दिनुभएको छ ।

तानसेन नगरपालिका वडा नं १२ छेर्लुङ आफन्तीकोमा घोत मिसाउन जाने क्रममा चिदिगारमा माथीबाट बरको रुख ढलेर लाग्दा कुरुङ खोलामा पुगेका पाण्डेलाई केही तल सम्म खोलाले बगाएर लगेको र मृत्यु भएको पाण्डेले जानकारी दिनुभयो । पाण्डेको सवलाइ पोस्टमार्टको लागि पाल्पा लैजाने तयारी भइरहेको तानसेन नगरपालिका वडा नं १४ का वडा सदस्य बिष्णु रेग्मीले जानकारी दिनुभयो।

Sharing

प्रतिक्रिया दिनुहोस