असोज १८, कैलाली । विभिन्न मुद्दाका ७ जना फरार प्रतिवादीहरुलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले आइतबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला अदालत कैलालीबाट जबरजस्ती करणी कसूरमा ३ वर्ष ११ महिना ५ दिन कैद सजाय ठहर भएका कैलारी गाउँपालिका-१ बस्ने बिनोद चौधरी, जबरजस्ती करणीको कसूरमा ३ वर्ष कैद सजाय ठहर भएका बर्दगोरिया गाउँपालिका(६ बस्ने २२ वर्षीय अशोक चौधरी र लागूऔषध मुद्दाका फरार प्रतिवादी धनगढी उपमहानगरपालिका-१ बस्ने शत्रुजित जोशी रहेका छन् । उनीहरुलाई जिल्ला अदालत कैलाली पेश गरिएको छ ।
यसैगरी वन मुद्दाका फरार प्रतिवादीहरु धनगढी उपमहानगरपालिका-१७ बस्ने १८ वर्षीय २ जना किशोर, २९ वर्षीय कृष्ण राना र ३० वर्षीय बब्लु रानालाई पक्राउ गरी आवश्यक कानुनी कारवाहीको लागि डिभिजन वन कार्यालय धनगढी बुझाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।