• २०८३ बैशाख ९ गते बुधवार

रुपन्देहीमा भारतीय नागरिकले खुकुरी प्रहार गर्दा एक जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १८, रुपन्देही । भारतीय नागरिकले खुकुरी प्रहार गर्दा एक जनाको मृत्यु भएको छ । भने एक जना घाइते भएका छन । खुकुरी प्रहारबाट मृत्युहुनेमा, रुपन्देही जिल्लाको नवलपरासी पश्चिमको सुस्ता वडा नं.३ को अवधेश चमारको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार, रुपन्देही जिल्लाको शुद्धोधन वडा नं.३ बेतानीस्थित प्लाई उद्योगमा काम गर्ने भारतीय नागरिक मजदुर रवि सिंह र सोहि उद्योगमा काम गर्ने स्थानीय अवधेश चमार बीच मादक पदार्थ सेवन गरेपछि आपसी विवाद परेको थियो । उक्त विवादमा रवि सिंहले अवधेश चमार माथि खुकुरी प्रहार गरे पछि उनका वुवा गोपिचन्दमाथि समेत प्रहार गरेकोे प्रहरीले जनाएको छ ।

खुकुरी प्रहारमा परि गाम्भिर घाईते भएका उपचारको लागि लैजाने क्रमम चमारको मृत्यु भएको हो । र उनको वुवाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । भने खुकुरी प्रहार गर्ने सिंहलाई नियन्त्रणमा लिई घटनाको अनुसन्धान भइरहेको प्रहरीले जानकारी गराएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस