• २०८३ जेष्ठ ६ गते बुधवार

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २०, काठमाडौं । आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । आफ्नै श्रीमती २८ वर्षीया बबिता राईको हत्या गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१६ चौमती डेरा गरी बस्ने नुवाकोट तादी गाउँपालिका-२ सातबिसे घर भएका ३३ वर्षीय रामेश्वर गोतामेलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

रामेश्वरले मंगलबार राति आफ्नै श्रीमतीको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस