• २०८३ जेष्ठ २ गते शनिवार

जुवातास खेलिरहेको अवस्थामा २१ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २०, काठमाडौं । प्रहरीले जुवातास खेलिरहेको अवस्थामा २१ जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-१५ डल्लु बस्ने प्रकाश शाहीको घरमा जुवातास (ओखर) खेलिरहेको अवस्थामा काठमाडौं टंकेश्‍वर बस्ने ३७ वर्षीय निगेश श्रेष्ठ लगायत २१ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

उनको घरभित्र जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ६ लाख ५ हजार रुपैयाँ र खेलमा प्रयोग भएको २६ थान ओखर सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस