असार २०, काठमाडौं । तारकेश्वर नगरपालिकामा पछिल्लो चौविस घण्टामा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तारकेश्वर नगरपालिकामा कोरोनाको दोश्रो भेरियन्ट सुरु भएपछि हालसम्म कुल २५५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
तारकेश्वरमा पछिल्लो चौविस घण्टामा ४७ जनामा एन्टिजोन परिक्षण गरेकोमा ९ जनामा पोजेटिभ देखिएको छ । तारकेश्वरमा हालसम्म १७२६ जनाले कोरोनालाई जितेका छन । नगरपालिकामा हाल ७९० जना संक्रिय संक्रमित रहेका छन ।
तारकेश्वर नगरपालिकाले सञ्चालन गरेको आईसोलेसनमा हाल ७ जना उपचाररत छन । उक्त आईसोलेसनबाट हालसम्म ४३ जना निको भएर घर फर्किएका छन । तारकेश्वर नगरपालिकामा हालसम्म कोरोनाबाट ४२ जनाको मृत्यु भएको छ ।