• २०८३ बैशाख ६ गते आइतवार

२ दिन पत्रे खोलामा आवागमन बन्द खाल्डो बनाउदै सिडियो कुरुम्बाङ्गको पहलमा

सागर थापा पढ्न लाग्ने समय : १ मिनेट

असार २०, दाङ । घोराही र तुलसीपुर सडक खण्डको पत्रे खोलामा दुई दिन आवागमन ठप्प हुने भएको छ । पत्रे खोलाको कच्वेमा खाल्डो परेकाले उक्त खाल्डो पुर्नका लागि कंक्रिट हाल्नु पर्ने भएकाले दुई दिन आवागमन ठप्प पारिएको दाङका प्रमुख जिल्ला अधिकारी एवं बिकास प्रेर्मी सिडियो राम बहादुर कुरुङ्वाङले बताए ।

उनका अनुसार असार २० गते आईतबार विहान ८ बजेदेखि असार २२ गते मंगलबार सम्म साँझ ८ बजेसम्म आवागमन ठप्प हुनेछ । सोही खोलामा पुल निर्माण कार्यले पूर्णता नपाउँदा आवागमण अबरुद्ध हुने गरेको छ । जिल्ला प्रशासन कार्यालय दाङले असार १८ गते सूचना समेत निकाले सम्पूर्ण जिल्ला बासीमा जानकारी समेत गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस