जेष्ठ १९ मुगु । हिमाली जिल्ला मुगुका दलित बस्तिमा राहत वितरण गरिएको छ । स्टोरिज अफ नेपाल समुदाय काठमाण्डौ नेपालको आर्थिक सहयोग र ग्रामिण सामुदायिक सस्था (जिएसएस) मुगुको सहजिकरणमा जिल्लाको सोरु गाउपालिका वडा नं ४ रावल वाडाका ५० जना दलित परिवार लाई राहत वितरण गरिएको हो ।

आर्थिक अवस्था न्युन भएका , विपन्न परिवार लाई पहिचान गरि राहत वितरण गरिएको छ । विश्व महामारी रुपमा फैलिरहेको नोवेल कोरोना भाईरस कोभिड १९ ले विश्व नै आक्रान्त पारि रहेको अवस्थामा कर्णालीका विपन्न परिवारहरु रोग भन्दा भोगको चिन्ताले बढि पिरोलि रहेको अवस्थामा केही मलम लागोस भन्ने हेतुले राहत वितरण गरिएको संस्थाले जनाएको छ ।
महामारीमा आफ्ना नागरिकहरुलाई जोगाउन गाउका सिहंदरवारले पाईला चाल्न आवश्यक देखिएको छ । अहिले यस्तो अवस्था बाट बचाए भने पछि चुनावको बेला ढोकामा उभिनु सहज होलाकि ?
संस्थाका अनुसार स्टोरिज अफ नेपाल समुदाय काठमाण्डौ नेपालका जय देव पौड्यालको ३ लाख ५६ हजार ७ सय ५० रकम बरावरको आर्थिक सहयोग र जिएसएस मुगुको सहजीकरणमा १० प्रकारका राहत वितरण गरिएको हो । जसमा ३० केजि चामल, ५ केजि दाल, १ केजि चिनि, २ पोका नुन, २ पोका तेल, १० दाना अण्डा, लुगा धुने र हात धुने सावुन, ५० पिस सर्जिकल माक्स, सेनिटाईजर, गरि १० प्रकारका राहत वितरण गरिएको जिएसएस मुगुका अध्यक्ष बलराम साहनीले बताए । उनका अनुसार यो राहत कुनै राजनितिक दल बाट होईन, कुनै पनि स्थानीय सरकारको पनि होईन, एकल ब्यक्तिको सहयोग राहत वितरण गरेका हो ।

सरकारका आशमा दलितका नागरिक
देशमा अहिले ३ तहको सरकार छ । नजिकको सरकार भनेकै स्थानीय सरकार हो तर नजिकको सरकारले यहाका नागरिकहरुको पिडा लाई बुझ्न सकेको छैन । पछिल्लो समय दलितका नागरिकहरु स्थानीय सरकार भन्दा गैर सरकारी संस्था प्रति सन्तुष्ट देखिएका छन् भने स्थानीय सरकार प्रति रुष्ट रहेको सोरु गाउपालिका वडा नं ४ रावल बाडा राहत लिन आएका दलित चन्द्र नेपालीले बताए । सरकार बाट महामारीको अवस्थामा दलित विपन्न लाई सहयोग गरि पर्ने हो तर त्यो नभएर एक गैरसरकारी संस्थाले राहत वितरण गरेको संस्थाले मात्र नभएर शिक्षा स्वास्थ्य लगायत विभित विषयमा दलितको लागि सारथि बन्दै आएको उनको भनाई छ ।

घरमा अन्न, लगाउने जग्गा छैन
पछिल्लो समय मुगुमा कोरोना संक्रमणको दर बृद्धि हुदै गएको छ । प्रशासनले आज सम्म ३ पटक निषेधज्ञा जारी गरेको छ । निषेधज्ञाले गर्दा दलितहरु मर्कामा परेका छन् । एक मुठीको आशमा रहेका दलितहरु कोरोनाले गर्दा उनीहरुको खोलिने मुठीनै पनि बन्द भएको छ । आर्थिक अवस्था पनि न्युन छ, अन्न बालि लगाऔ भने जमिन छैन, बन्दाबन्दिको समयमा आयातित खाद्यान्न लाई उपभोग गर्न नगरेता पनि आफ्नै खेत वारीमा उत्पादन हुने रैथाने बालि कोदो, कागुना लगायत अन्य बालि लगाऔ भन्ने आश पनि नरहेको सोही वडाकि महिला सुचना नेपाली बताईन ।

संस्थाको भरमा गाउका सिंहदरवार
जिल्लामा सञ्चालित प्राय स्थानीय सरकार गैर सरकारी संस्थाको भरमा परेको पाईएको छ । जिल्लाको छायानाथ रारा नगरपालिका र सोरु गाउपालिका गैर सरकारी संस्थाहरुको भरमा रहेको पाईएका हुन । यस्तो महामारीको समयमा आफ्ना नागरिकलाई बचाउनको लागि अक्सिजन, आईसोलेसन बेडहरु खरिदको लागि दौडढुप गर्न त परै जावस, अझ संस्थाको सहयोग माग्न दौडढुप गर्दछन् । छायानाथ रारा नगरपालिकाले गुम स्वास्थ्य चौकिमा २० बेडको अक्सिजन सहितको आईसोलेसनको लागि हिरिसडेक मुगु, छाया नेपाल मुगु र युनिसेफ नेपालको आर्थिक सहयोगमा भर परेको छ भने सोरु गाउपालिकाले जिएसएस संस्थाको भरमा परेको हो ।
सोरु गाउपालिकाले विपन्न परिवारहरुलाई राहत वितरण गर्ने कार्यपालिकाको बैठक भयो । तर गाउपालिकाबाट राहत वितरण गरिनु पर्ने हो तर स्थानीय सरकार आफै अर्कोमा भरमा परेको छ । कार्यपालिकाको निर्णय अनुसार पालिकामा कति वटा संस्था लागु छन्, कुन कुन संस्था लागु भईरहेका छन् उनीहरुलाई सहयोग मागेर गाउपालिका बासिलाई राहत वितरण गर्ने निर्णय भएको सोरु गाउपालिकाका अध्यक्ष लोक बहादुर शाहीले बताए । यस्तो महामारीमा आफ्ना नागरिकहरुलाई जोगाउन गाउका सिहं दरवारले पाईला चाल्न आवश्यक देखिएको छ । अहिले यस्तो अवस्था बाट बचाए भने पछि चुनावको बेला ढोकामा उभिनु सहज होलाकि ?