• २०८३ बैशाख ३० गते बुधवार

बसन्त मानन्धरको नेतृत्वमा खनाल-नेपाल समूहले बनायो काठमाडौंमा समानान्तर कमिटी (सुचि सहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २२,काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को खनाल र नेपाल समूहले काठमाडौंमा समानान्तर कमिटी घोषणा गरेको छ। बागमती प्रदेश सभाका सांसद बसन्त मानन्धरको नेतृत्वमा आइतबार बुद्धनगरस्थित एक पार्टी प्यालेसमा भएको कार्यक्रमबाट जिल्ला कमिटी घोषणा गरिएको हो।

पछिल्लो समय ओलीले नेता नेपाल र अन्य नेताहरूलाई पार्टीबाट निलम्बन गरेपछि खनाल नेपाल समूहले समानान्तर कमिटी बनाउन सुरू गरेको हो।आजको कार्यक्रममा नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालको पनि उपस्थित रहेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस