• २०८३ बैशाख ११ गते शुक्रवार

जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २२, ललितपुर। १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ललितपुर महानगरपालिका-१५ खुमल्टारस्थित गेष्ट हाउस बस्ने जुम्ला पाटारासी गाउँपालिका-६ घोडासिंह घर भएका १९ वर्षीय धिरेन्द्र रोकाया र कैलाली गौरीगंगा गाउँपालिका-८ समारीपुर घर भएका २६ वर्षीय सिताराम चौधरी रहेका छन् ।

उनीहरुले ती किशोरीलाई शुक्रबार साँझ जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी बृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस