• २०८३ साउन २८ गते बिहिवार

धनकुटामा भीषण आगलागी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत्र २२, धनकुटा । धनकुटा नगरपालिका वडा नं ७ स्थित चुलिवन सामुदायिक बनमा भीषण आगलागी भएको छ । शनिबार दिउँसो २ बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । चुलिबन सामुदायिक बनमा लागेको डढेलोको कारण बन छेवैमा रहेको धनबहादुर पौडेलको घर जलेर नष्ट भएको छ ।

आगलागीबाट पौडेलको १८ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । डढेलोबाट हालसम्म मानवीय क्षति नभएको तर पशु चौपाया र एउटा गोठ जलेर नष्ट भएको छ । खाल्डेमा करिब ३५ रोपनीमा क्षेत्रफल फैलिएको डडेलो स्थानीयवासी, वन कर्मचारी, सुरक्षा निकाय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना परिचालन गरि नियन्त्रणमा लिइएको छ ।

चुलिबन सामुदायिक बनको लगभग पाँच हेक्टर बढि वन जलेर नष्ट भएको छ । चुलिवनमा लागेको आगो जिल्लाका दुईवटा दमकलले मात्र आगो नियन्त्रण गर्न नसकेकोले झापा, मोरङ्, तेह्रथुम, सुनसरी, उदयपुर लगायतका जिल्लाबाट पनि दमकल बोलाएर आगो नियन्त्रण गर्दा पनि नियन्त्रण नभएको जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार पाँचवटा दमकलले आइतबार पनि आगो नियन्त्रण गर्न खोजिरहेको छ तर नियन्त्रण भने भएको छैन । आगलागी नियन्त्रण प्रयास जारी रहेको र हालसम्म क्षतिको यकिन भने भएको छैन ।

Sharing

प्रतिक्रिया दिनुहोस