• २०८३ मङ्सिर ५ गते शुक्रवार

कामनपा १५ वडामा बन्यो १४५ सदस्यिय युवा संघ वडा कमिटी

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

चैत २२, काठमाडौं । काठमाडौं जिल्ला सम्वनय समितिका प्रमुख एवं क्षेत्र नं ८ का इन्चार्ज शिव सुन्दर वैधको प्रमुख आतिथ्यमा शनिबार नेकपा एमाले १५ वडा कमिटी रद्वारा राष्ट्रिय युवा संघको १५ वडा युवा भेला तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको सभापतित्व राम कपालीले गर्नु भएको थियो ।

कार्यक्रममा अतिथिहरुमा नेकपा एमाले जिल्ला सदस्य निमा घ्याम्छो, नेकपा एमाले क्षेत्र नं ८ का सचिव उदय पसखल,नेकपा एमाले क्षेत्र नं ८ का कार्यालय सचिव आनन्दराम गौतम ,नेकपा एमाले १५ वडा कमिटीका अध्यक्ष क.धावा रुम्बा, महानगर कमिटीका सदस्यहरु लक्ष्मण शाही, नबिना तिवारी, बिजय पसखल, कामपा १५ वडा सदस्य अनिता परियार, राष्ट्रिय युवा संघका स्थायी कमिटीका सदस्यहरु शिव कुमार महर्जन, अमित पौडेल, पेम्बा घले, राष्ट्रिय युवा संघका केन्द्रिय सचिवालय सदस्य एवं महानगर संयाेजक रुपेश महर्जन, राष्ट्रिय युवा संघका केन्द्रिय सचिवालय सदस्य एवं जिल्ला अध्यक्ष सन्तोष अर्याल, राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य सुरेन्द्र थापा, निसार उद्दिनको उपस्तिथि रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य निसार उद्दिन ज्युले दिनुभएको थियो ।साथै उक्त कार्यक्रममा नेकपा एमाले १५ वडा कमिटीका अध्यक्ष क.धावा रुम्बा, राष्ट्रिय युवा संघका केन्द्रिय सचिवालय सदस्य एवं जिल्ला अध्यक्ष सन्तोष अर्याल, राष्ट्रिय युवा संघका स्थायी कमिटीका सदस्य शिव कुमार महर्जन, नेकपा एमाले १५ वडा कमिटीका अध्यक्ष क.धावा रुम्बा कार्यक्रमका प्रमुख अतिथि जिल्ला सम्वनय समितिका प्रमुख एवं क्षेत्र नं ८ का इन्चार्ज शिव सुन्दर वैधले आफ्नो मन्तव्य राख्नुभएको थियो ।

मन्तव्य राख्ने क्रममा राष्ट्रिय युवा संघका स्थायी कमिटीका सदस्यहरु शिव कुमार महर्जनले अहिले बनिरहेको समान्तर कमिटीको बारेमा पार्टीका सबै कमरेडहरुमा प्रष्ट पार्नु भयो । मन्तव्य राख्ने क्रममा प्रमुख अतिथि वैधले अहिलेको राजनितिको परिस्थितिको बारे एवं युवाहरुको सरकारबाट भइरहेको स्वरोजगारको विषयमा सबैमा स्पष्ट पार्नु भयो ।

१४५ जना सदस्यिय राष्ट्रिय युवा संघ १५ वडा कमिटी पनि गठन भएको छ । जसमा अध्यक्षमा किसन डंगोल,उपाध्यक्षमा नियाज उद्दिन,सचिवमा संजय शाही,सह-सचिवमा कपिल शाही खड्गी, काेषाध्यक्षमा नसला सिं, सह-काेषाध्यक्षमा सरस्वती नेवा र सदस्यहरुमा श्री रत्न महर्जन, नरबधा खड्का, कृष्ण शाही,अनिस महर्जन, रेबिका महर्जन, सुनिल महर्जन लगायत १४५ जना सदस्य भएका छन् । सबै राष्ट्रिय युवा संघ १५ वडा कमिटीका सदस्यहरुलाइ राष्ट्रिय युवा संघका स्थायी कमिटीका सदस्य शिव कुमार महर्जनले सपथ ग्रहण गराउनु भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस