• २०८३ मङ्सिर १२ गते शुक्रवार

चोरी भयो दुई शहीदको शालिक

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २२, महोत्तरी। महोत्तरी जिल्लाको जलेश्वर–जनकपुर सडकखण्डको परिकौली चौकमा स्थापना गरिएको मधेश आन्दोलनका दुई शहीदको शालिक चोरी भएको छ ।

मधेश आन्दोलन २०७२र७३ मा महोत्तरी जिल्लामा सुरक्षाकर्मीको गोली लागि शहीद भएका जलेश्वर नगरपालिका– ११ का वीरेन्द्र विच्छा र वडा नं ९ का राजेश ठाकुर दुवै जनाको शालिक चोरी भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । वडाध्यक्ष यादवले गएराति ११र१२ बजेसम्म शालिक चोकमै रहेको स्थानीयवासीको भनाई उद्धृत गर्दै मदिरा सेवन गर्नेहरुले शालिक चोरी गरेको हुनसक्ने आशङ्का व्यक्त गरे ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट बिहीबार बिहानैदेखि प्रहरी टोली परिचालन गरी शालिकको व्यापक रुपमा खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस