• २०८३ जेष्ठ ८ गते शुक्रवार

गाँजासहित एक जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २०, रौतहट । इलाका प्रहरी कार्यालय गरुडाले ५ किलो लागु औषध गाँजा सहित एकजनालाई पक्राउ गरेको छ । गरुडा नगरपालिका वडा नम्बर २ स्थित गेडही बिनाग्रा जाने सडक प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा ना ५६ प २६५५ नम्बरको मोटर साइकलमा सवार चन्द्रपुर नगरपालिका वडा नम्बर ७ सुकुमवासी टोल बस्न २९ वर्षिय रामविश्वास सहनीलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार सहनीको शरीर तलासी गर्दा उनले पछाडी भिरेको कालो रंगको झोलाभित्र प्लाष्टिकमा पोका बनाइ राखेको अवस्थामा सो परिमाणको गाजा बरामद भएको हो । पक्राउ परेका सहनीलाई रौतहट जिल्ला अदालतबाट ७ दिनको म्याद गरि हिरासतमा राखेर थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस