• २०८३ बैशाख १० गते बिहिवार

माछापुच्छ्रे बैंक र अग्नि इन्कर्पोरेटेडबीच सम्झौता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २०, काठमाडौँ। माछापुच्छ्रे बैंक र महिन्द्रा बाण्डको नेपालको लागि आधिकारिक बिक्रेता अग्नि इन्कर्पोरेटेड बीच व्यवसायिक सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा अग्नि इन्कर्पोरेटेडका प्रबन्ध निर्देशक क्याविनेट श्रेष्ठ तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरे ।

सम्झौतापश्चात महिन्द्रा बाण्डको गाडीहरुको खरिद गर्न आउने ग्राहकहरुलाई माछापुच्छ्रे बैंकले सहुलियत दरमा कर्जा उपलब्ध गराउने छ । सम्झौताअनुसार माछापुच्छ्रे बैंकले देशभर रहेका आफ्ना शाखा कार्यालयहरु मार्फत र अग्नि इन्कर्पोरेटका देशभर रहेका डिलरबाट सवारी साधान खरिद गर्न चाहने ग्राहकहरुलाई सहज र सरल रुपमा सेवा प्रदान गर्ने छ ।

Sharing

प्रतिक्रिया दिनुहोस