• २०८३ बैशाख १९ गते शनिवार

रोनाल्डोको दुई गोलमा युभेन्टसको सानदार जित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २०, एजेन्सी। इटालियन सिरी ए मा युभेन्टसले सानदार जित निकालेको छ । घरेलु मैदानमा गएराति भएको खेलमा युभेन्टसले उडिनेसलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

युभेन्टसलाई सानदार जित दिलाउनको लागि पोर्चुगिज सुपरस्टार फरवार्ड रोनाल्डोको दुई गोल गरे भने फेडरिको चिइसा र पाउलो डिबालाले एक एक गोल गरे । उडिनेसका मार्भिनले एक गोल फर्काए । यो नतिजासँगै युभेन्टस १४ खेलबाट २७ अंक जोडेर पाँचौ स्थानमा रहेको छ । पराजित उडिनेस १५ अंकसहित १३औं स्थानमा छ ।

Sharing

प्रतिक्रिया दिनुहोस