• २०८३ जेष्ठ २४ गते आइतवार

पत्नी सीता दाहालको उपचार गर्न आज मुम्बई जाँदै प्रचण्ड

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस २०, काठमाडौं । पत्नी सीता दाहालको उपचारका लागि नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड नेपाल) समूहका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सोमबार भारत जाने भएका छन्। काठमाडौंबाट मुम्बई सिधा उडान नहुने भएकाले उनी नयाँदिल्ली भएर मुम्बई जान लागेका हुन्।

प्रचण्डले आइतबारको स्थायी कमिटी बैठकमा आफ्नी पत्नीलाई थप उपचारका लागि भारत लैजानु पर्ने भएको जानकारी दिएका थिए। सुरूमा प्रचण्डले पत्नीको उपचारमा छोरीहरूलाई मात्र पठाउन खोजेको भए पनि पत्नी सीता दाहालले प्रचण्डलाई पनि जान आग्रह गरेकाले उनी जान लागेका हुन ।

मुम्बईमा सीताको उपचार कुन अस्पतालमा हुनेछ भन्ने खुलाइएको छैन। वंशानुगत पार्किन्सन जस्तो देखिने रोगबाट पीडित सीताको स्वास्थ्यमा थप समस्या देखिएपछि गत बुधबार उनलाई मेडीसिटी अस्पताल भर्ना गरिएको थियो।

Sharing

प्रतिक्रिया दिनुहोस