• २०८३ बैशाख १६ गते बुधवार

दाङका सुरक्षा प्रमुखहरु सुरक्षा अबस्था बुझ्न भारतसंग जोडिएको कोइलाबास नाकाको अनुगमनमा

सागर थापा पढ्न लाग्ने समय : २ मिनेट

मंसिर १७, दाङ । भर्खरै सरुवा भएर आउनु भएका जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बिहीबार कोइलाबास नाकाको स्थलगत अनुगमन तथा अवलोकन गरेका छन् । प्रमुख रेग्मीले भारतसंग सिमाना जोडिएको कोइलाबास नाकाको स्थलगत अनुगमन तथा अवलोकनका क्रममा जिल्लामा रहेका ७७ वटा अन्र्तराष्ट्रिय सीमा स्तम्भहरुको बारेमा जानकारी लिएका हुन् ।

No description available.

जिल्लामा रहेका ७७ वटा सिमा स्तम्भ मध्यबाट १२ वटा सिमा स्तम्भहरु मर्मत गर्नु पर्ने अवस्थामा रहेको छ भने ४८ नम्बरको सीमा स्टम्भ खह्रे खोलाले बगाएकोले त्यसको बारेमा चासो समेत व्यक्त गरेका छन् । उनले हराइरहेको सिमा स्तम्भको छिट्टै पत्ता लगाउने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । साथै प्रमुख रेग्मीले भारतीय एसएसबी सीमा सुरक्षा प्रमुख बलका प्रमुखसंग सुरक्षा तथा सिमा स्तम्भ सम्बन्धी जानकारी लिएका छन् । राजपुर र गढवा गाउँपालिकाका प्रमुख र स्थानीय पदाधिकारीसंग समेत छलफल गरेका छन् ।

No description available.

त्यस्तै जिल्लाको गढवा गाउँपालिका ८ स्थित कोइलाबास नाकाको अवलोकन गर्ने क्रममा प्रमुख रेग्मीले कोरोना भाइरस संक्रमणको नयाँ रूप (भेरियन्ट) ‘ओमिक्रोन’ नेपालमा भित्री नदिन भारतसँग जोडिएका सीमावर्ती क्षेत्रमा उच्च स्तरीय सुरक्षा सतर्कता अपनाउन आग्रह गरेका छन् । साथै प्रमुख रेग्मीले कोइलाबास नाकाको स्थलगत अनुगमनका क्रममा विशेष सुरक्षा सर्तकता अपनाउनु पर्ने भन्दै सुरक्षा प्रमुखहरुलाई कडा निर्देशन समेत दिएका छन् ।

नेपाली सेना नं.१९ बाहीनीका सहायक बाहिनीपति महासेनानी दिनेश रजौरे, जिल्लाका नेपाली सेनाका जिल्ला प्रमुख सेनानी रविन्द्र महर्जन, सश्सत्र प्रहरी सीमा सुरक्षा बलका प्रमुख टोप बहादुर खनाल, राष्ट्रिय अनुसन्धान ब्यूरोका प्रमुख प्रहरी उपरिक्षक अर्जुन भण्डारी, जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्ले, गढवा गाउँपालिकाका उपप्रमुख लगायतको उपस्थितीमा सिमाको स्थलगत अनुगमन तथा अवलोकन गरिएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस