• २०८३ बैशाख १५ गते मङ्गलवार

स्रोत नखुलेको नगद सहित पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १७, पर्सा । प्रहरीले स्रोत नखुलेको नगद सहित १ जनालाई पक्राउ गरेको छ । प्रहरीले वीरगंज महानगरपालिका-१६ शंकरचार्य गेटबाट स्रोत नखुलेको नगद ५ लाख ५० हजार रुपैयाँ सहित सोही महानगरपालिका-३१ कोनिया टोल बस्ने २४ वर्षीय अनिल साहलाई मंगलबार दिउँसो पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेको ना.४० प ४३०२ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा अनिलको झोलाभित्र उक्त नगद फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस