भदौ १८, मुगु । जिल्लाको पुर्वी करान भेगमा पर्ने मुगुमकार्मारोङ्ग गाउपालिकाले पालिका भरिका निजि तथा सामुदायिक विद्यालय नियमित रुपमा पठनपाठन सुरु भएको छ । गाउ कार्यपालिकाको श्रावण १७ गते बसेको बैठकले गाउपालिकाका सबै विद्यालय खुल्ने निर्णय गरेको हो ।
कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेका विद्यालय पुन: सञ्चालनमा आउन थालेका छन् । जिल्लाको कार्मारोङ्गमा गाउपालिका, सोरु गाउपालिका र खत्याड गाउपालिकाका विद्यालय लामो समय पछि पुन: सञ्चालनमा आउन थालेका हुन । गाउँपालिका क्षेत्रमा कोरोनाका सक्रिय सङ्क्रमितको संख्या शून्य रहेको र स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई सामाजिक दुरी कायम राख्दै विद्यालय पुन सञ्चालनमा ल्याइएको मुगुमकार्मारोङ्ग गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत तीर्थ बहादुर कठायतले जानकारी दिए ।
विद्यालय खुलेपछि हामिले सावधानिपुर्वक, विद्यार्थीलाई पठनपाठन गरेका छौ, विद्यालयमा मास्क, सेनिटाईजर जस्ता स्वास्थ्य सुरक्षा अपनाएको बुद्ध माद्यमिक विद्यालय मांग्रीका प्रधानाध्यापक टिका प्रसाद उपाध्यायले जानकारी दिए ।
कोरोना जोखिम कम भएपछि भौतिक उपस्थितिमै कक्षा सञ्चालन भइरहेका जनाइएको छ । लामो समयदेखि विद्यालय बन्द भएकोले विद्यार्थीको भविष्य बिग्रिने भएकाले पुनः पठनपाठन गरिएको गाउँपालिकाले जनाएको छ । संघीय सरकारले स्थानीय सरकारलाई कोरोना सङ्क्रमणको अवस्था हेरेर विद्यालयपुनः सञ्चालन गर्नसक्ने अधिकार दिएको छ, सोहीअनुसार तयारी गरिरहेका छन् ।