• २०८३ बैशाख १४ गते सोमवार

गुडिरहेको गाडीमाथि पहिरो खस्दा एकजनाको मृत्यु, एक घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन,१९ काठमाडौंं । सिद्धार्थ राजमार्गको बुटवल-तानसेन सडकखण्डमा पहिरोले बोलेरो जीप पुर्दा एक जनाको ज्यान गएको छ।

स्याङ्जाबाट बुटवल आउँदै गरेको लु २ च ७३८७ नम्बरको जीपमा माथिबाट खसेको ढुंगाले च्यापेर एक जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाल जनाएको छ।

सिद्धबाबा नजिकै सडकमा माथिबाट खसेको ढुंगाले च्यापेर घाइते भएका जीपमा सहचालक स्याङ्जाको वालिङ नगरपालिकाका २३ वर्षीय आशिष खाँडको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो।

जीप चालक चापाकोट नगरपालिका-५ स्याङ्जाका २६ वर्षीय डिलु थापा घाइते भएका छन्। उनको प्रादेशिक अस्पताल बुटवलमै उपचार भइरहेको प्रहरीले जनाएको छ। सिद्धबाबा सडक क्षेत्रमा यसअघि पनि माथिबाट ढुंगा खसेर दुर्घटना हुने गरेका छन्।

Sharing

प्रतिक्रिया दिनुहोस