• २०८३ बैशाख १२ गते शनिवार

देशका बिभिन्न स्थानबाट अवैध लागूऔषध सहित मानिसहरू पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असार १९, काठमाडौं । प्रहरीले रुपन्देहीकाे सैनामैना नगरपालिका-१० बेमतेनीबाट ४ ग्राम ५ सय मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन सहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोर समेत ३ जनालाई बिहीबार राति पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिणामको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस्तै धनुषाकाे जनकपुर उपमहानगरपालिका-२१ कुर्था बस्ने ३५ वर्षीय सन्तोष महासेठलाई २४ केजी २ सय ८० ग्राम अवैध लागूऔषध गाँजा सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । महासेठको घरमा गाँजा लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो । प्रहरीले सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-११ गाग्रेताल बस्ने २८ वर्षीय नबिन तिवारीलाई १ सय ९० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ र नगद ७ हजार १ सय ९० रुपैयाँ सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

साथै प्रहरीले बारा, सुवर्ण गाउँपालिका-७ सन्फुलवा बोर्डर नजिकबाट एकसय एमएलको ४ सय पिस लागूऔषध कोरेक्स शुक्रबार राति प्रहरीले बरामद गरको छ । प्रहरी चौकी बड्की फुलवरीयाबाट खटिएको प्रहरीलाई देख्नासाथ भारतबाट नेपालतर्फ आउँदै गरेका व्यक्तिहरुले उक्त लागूऔषध फालेर फरार भएपछि प्रहरीले बरामद गरेको हो । हाल फरार व्यक्तिहरुको प्रहरीले खोजी गरिरहेको छ ।

प्रहरीले सिरहा, लक्ष्मीपुर पतारी गाउँपालिका-४ धन्छवारबाट करिब १० केजी अवैध लागूऔषध गाँजा शुक्रबार राति प्रहरीले बरामद गरेको छ । धनगढीमाई नगरपालिका-१२ बस्ने ३५ वर्षीय संजय कुमार महतोले गाँजा बोकी धनगढीबाट धन्छवारतर्फ लैजादै गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धनगढी र महेशपुरपतारबाट खटिएको प्रहरीले धन्छवारबाट उक्त लागूऔषध गाँजा बरामद गरेको हो । हाल फरार महतोको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस