• २०८३ बैशाख १४ गते सोमवार

एमाले नेता बस्नेतद्वारा संघीयताको उपादेयताका बारेमा समीक्षा गर्ने प्रस्ताव पेश

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १९, काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सदस्य तथा युवा इन्चार्ज महेश बस्नेतले आजको केन्द्रीय कमिटी बैठकमा संघीयताको उपादेयताका बारेमा समीक्षा गर्ने प्रस्ताव पेश गरेका छन् । नेता बस्नेतले ८ बुँदे प्रस्ताव पेश गर्दै प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री रहने गरी संविधान संशोधन हुनुपर्ने र दुई कार्यकालभन्दा बढी प्रधानमन्त्री बन्न नपाइने समेत उल्लेख गरेका छन ।

एमालेको जारि १३ औ बैठकमा नेता बस्नेतको प्रस्ताव :

१. संघियताको बारेमा समिक्षा गरौं ।
२. मुलुकको विशिष्ट पहिचान घोषणा गरौं ।
३. धर्म निरपक्षताको बारेमा बहस गरौं ।
४. शासकीय स्वरुप प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाउ ।
५. दुई कार्यकाल भन्दा बढी प्रधानमन्त्री नबनाउने संबैधानिक ब्यवस्था कायम गरौं ।
६. पार्टी अध्यक्ष २ कार्यकाल पदाधिकारी ३ कार्यकाल भन्दा बस्न नपाउने ब्यवस्था गरौं ।
७. पार्टी र राज्यका राजकीय र शासकीय स्थानमा युवाहरुको ४० प्रतिशत शुनिश्चित गरौ ।
८. पार्टी महाधिवेशनको राजनैतिक प्रतिवेदन र बिधान अनि चुनावको घोषणा पत्रमा यो बिषय सम्बोधन गर्न यो बैठकबाट कार्यदल बनाएर जाउ ।

Sharing

प्रतिक्रिया दिनुहोस