• २०८३ बैशाख ३१ गते बिहिवार

आगामी वैशाख ३० गतेभित्र महाधिवेशन गर्ने एमालेको प्रस्ताव

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १९, काठमाडौं । नेकपा एमालेले आगामी २०७९ वैशाख ३० गतेभित्र १० औं महाधिवेशन गर्ने प्रस्ताव गरेको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा महासचिव ईश्वर पोखरेलले वैशाख ३० गतेभित्र महाधिवेशन गर्नेगरी प्रस्ताव पेश गर्नु भएको हो ।

यसअघि एमालेले मंसिर २ देखि ६ सम्मका लागि महाधिवेशन गर्ने भनिएकोमा अहिले सारेर वैशाख पुर्याउने प्रस्ताव गरेको हो । पोखरेलको संगठनिक प्रस्तावअनुसार पार्टी सदस्यता असार मसान्तसम्म नवीकरण र वितरण गरी साउन ५ भित्र केन्द्रमा पठाउन प्रस्ताव गरिएको छ ।

यस्तै पार्टी विधान संशोधन प्रस्ताव असार २५ गतेभित्र मातहतका कमिटीमा पठाउने प्रस्ताव गरिएको छ । यसबाहेक भदौ ५ गते वडास्तरीय अधिवेशन  सुरु गर्ने प्रस्ताव गरिएको छ ।  यस्तै ३२ वटा पार्टीका केन्द्रीय विभाग प्रमुखलाई पनि पूर्णता दिने प्रस्ताव पनि गरिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस