• २०८३ जेष्ठ ३० गते शनिवार

बजेट अधिवेशन बोलाउने प्रदेश-१ सरकारको निर्णय

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २०, विराटनगर। प्रदेश-१ को वर्षे अधिवेशन यही जेठ २४ गते दिउँसो बस्ने भएको छ । विराटनगरमा रहेको प्रदेश-१ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन बोलाउने निर्णय गरेको हो ।

प्रदेशसभा भवनमा आउँदो २४ गते दिउँसो २ बजे अधिवेशन आह्वान गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार बैठक आह्वानका लागि प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’समक्ष सिफारिस गरिने छ ।

बुधवार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले बजेटमाथिको पूर्व छलफल गर्ने अवधि घटाउन आर्थिक कार्यविधि ऐन, २०७४ संशोधन गर्ने निर्णय गरेको थियो । सरकारको सिफारिसमा बुधवार बेलुका प्रदेश प्रमुख सोमनाथ अधिकारीले प्रदेश आर्थिक कार्यविधि (दोस्रो संसोधन) अध्यादेश २०७८ जारी गरिसक्नु भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस