वैशाख २०, जुम्ला । प्रहरीले ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । प्रहरीले कनकासुन्दरी गाउँपालिका-१ काभ्रानेटा बस्ने ७० वर्षीय बुद्धिमान बुढालाई आइतबार दिउँसो पक्राउ गरेको हो ।
बुद्धिमानले ती बालिकालाई बिहीबार जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय जुम्ला र प्रहरी चौकी चौथाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।