• २०८३ जेष्ठ ८ गते शुक्रवार

ईमरजेन्सि बाहेक सबै सेवा ठप्प : कोरोनाको उच्च जोखिममा मुगु

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

बैशाख २०, मुगु । जिल्ला अस्पताल मुगु ठिनीमा २० गते बाट ओपिडि सेवा बाहेक सब सेवा बन्द गरिएको छ । अस्पतालमा कार्यरत एक जना स्वास्थ्यकर्मि लाई परिक्षण गर्दा कोरोना संक्रमण देखीए पछि बैशाख २० गते बाट लागु हुने गरि एक साता सम्मको लागि ओपीटी सेवा बाहेक सबै सेवा बन्द गरिएको हो ।

छिमेकी जिल्लाहरुमा कोरोनाको सक्रमण बढ्दै गईरहेकाले मुगुमा पनि अछुतो रहेको छैन । मुगुमा पछिल्लो समय कोरोना भारईरस कोभिड १९ को सक्रमण बढ्दै गईरहेको छ । पछिल्लो तथ्यांक अनुसार मुगु जिल्लामा सुरक्षाकर्मी सहित ९ जनालाई एन्टीजेन विधि बाट परिक्षण गर्दा कोरोना पोजेटीभ देखीएको छ । 

पोजेटिभ देखिएका ९ जना मध्ये १ जनाको अवस्था गम्भिर रहेको छ भने ८ जनाको अवस्था भने सामान्य रहेको छ । मुगुमा कोरोना संक्रमण बढ्नु भनेकै बाहिरी जिल्ला बाट आउर्ने स्थानिय नागरीक र कर्मचारीहरुमा कोरोना पोजेटीभ देखीएको छ । जिल्लामै बसोवास गदै आएकी एक जना महिलामा पानि पोजेटीभ देखीएको हुदा जिल्लामा कोरोना परिक्षण गर्ने हो भने धेरै जान कोरोना संक्रमीतहरु फेला पर्ने संका रहेको जिल्ला अस्पताल ठिनी मुगुका सुचना अधिकारी पशुराम नेपालीले बताए ।

साथै स्थानीयको समस्या लाई मध्येनजर गर्दे कुनै जानकारी लिन अस्पतालले हटलाई नम्वरको पनि ब्यवस्था गरेको छ । सिधै स्थानीयले ९८६५१५१५५० को हटलाईन नम्वरमा सम्पर्क गरे सुविधा लिन सकिने नेपालीको भनाई छ । पछिल्लो समयमा मुगुमा पनि कोरोनाका संक्रमीतहरु फेला पर्न थाले पछि जिल्लामा रहेका चार बटा स्थानिय तहहरुले कोरोनाको भ्याक्सीन ,आईसोलेसन क्वाराईन्टाईन स्वास्थ्य हेल्पडेक्स राख्ने ,स्वास्थ्या सामाग्रीहरु लगाएत अन्य उपकरण ,सहित तयारी अबस्थामा बस्नको लागी निर्देशन दिएको जिल्ला कोभिड १९ संकट ब्यावस्थापन समितिका अध्क्षय तथा प्रमुख जिल्ला अधिकारी चन्द्र बहादुर शिवाकेटीले बताए ।

६ बजे पछि बजारमा बन्द
सदरमुकाम गमगढी बजार लगायत जिल्लाका स्थानीय तहका साना शहरहरुमा सामाजिक दुरी कायम गरी कारोवार गर्ने अनिवाय मास्कलगाउर्ने र अतिआवश्वक बाहेकका अन्य पसल बेलुकी ६ बजे देखी बिहान ६ बजे सम्म बन्द गर्ने निर्णय भएको बताए ।

जिल्ला बाहीर बाट आएका मानिसहरुमा बढी कोरोना संक्रमीत देखीएक पछि जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालय बाट १५ दिन सम्म होम आईसोलेसनमा बस्न सुझाब देए पनि बजार र बस्तीहरुमा बढी घुलमिल हुने भएको हुदा कोरोना बढी मुगुमा फैलन सक्र्ने संका स्थानिय बासिहरु त्रसित बनेका छने ।

Sharing

प्रतिक्रिया दिनुहोस