बैशाख १९, नुवाकोट । नुवाकोटमा बैशाख २१ गते बिहान ४ बजेदेखि लागु हुने गरी निषेधाज्ञा जारी गरिएको छ । आइतबार बसेको जिल्ला प्रशासन कार्यालय नुवाकोटको बैठकले नुवाकोमा एक साताको लागि निषेधाज्ञाको निर्णय गरेको हो ।
देशव्यापी रूपमा फैलिरहेको दोस्रो भेरियन्टको कोरोना भाइरस कोभिड(१९ को संक्रमण नुवाकोटमा पनि बढ्दै गएकोले संक्रमणको जोखिम रोकथाम, नियन्त्रण र उपचार व्यवस्थापनलाई प्रभावकारी बनाउन जिल्ला सङ्कट व्यावस्थापन केन्द्र (डिसिसिएमसी) नुवाकोटको सिफारीसमा जिल्ला प्रसासन कार्यालय नुवाकोटले वैशाख २७ गतेसम्म लागु हुने गरि जिल्लाभर निषेधाज्ञा जारी गरेको हो । नुवाकोटमा निषेधाज्ञाको समयमा औषधि उपचार, खाद्य वस्तु, तरकारी खरिद जस्ता अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन आग्रह गरेको छ । जात्रा, महोत्सव, भोजभतेर, हाटबजार, भेला, सभा, जुलुस वा प्रदर्शनजस्ता कार्यमा समेत रोक लगाइएको छ ।
सार्वजनिक एंव निजि सवारी साधन एम्बुलेन्स, खानेपानि, स्वास्थ्य, संचारमाध्यम, बैँक तथा बित्तिय संस्था, दुरसंचार,विद्युत, फोहोरमैला व्यवस्थापन लगायतका सवारी साधन विषय उल्लेख गरि परिचयपत्र बोकेर संचालन गर्ने पाईने छ । जनस्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्ने, मास्क, स्यानिटाईजर प्रयोग गर्ने र सामाजिक दुरी कायम गर्ने संचारमाध्यमार्फत कोरोनाबारे जनचेतनामुलक सन्देशहरु प्रशारण गर्ने निर्णय भएको छ ।


