माघ २१, खोटाङ। आगोमा जलेर खोटाङमा ७ वर्षीय बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार भत्किएको घरमा कुन्यु बनाएर राखिएको खर र परालमा आगो लाग्दा रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानी सिम्लेका जेसन मगरको मृत्यु भएको हो ।
साथीहरुसँग खेल्न क्रममा आगो खेलाउदा जलेर उनको मृत्यु भएको र जेसनसँगै खेल्न गएका दुई बालक भने भागेर बाँचेका छन् ।