• २०८३ बैशाख ६ गते आइतवार

बाजुरामा महिलाको कोठामा गएर दुर्व्यवहार गर्ने एकजना पक्राउ

राजेन्द्र बहादुर राेकाया पढ्न लाग्ने समय : १ मिनेट

पौष १९, बाजुरा । महिलाको कोठामा गएर दुर्व्यवहार गर्ने बाजुराका एक युवकलाइ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको बुढीगंगा नगरपालिका–७ लामागाँउका अन्दाजी ३८ वर्षीय भरतराज गिरी रहेका छन् ।                                                                                                                                गिरिले महिलाको कोठामा गएर दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । शनिबार राति गिरीले आफु घरमा एक्लै भएको बेला कोठामा आएर दुर्व्यवहार गरेको ती महिलाले आरोप लगाएकी छिन्। महिलाले टेलिफोन मार्फत उक्त जानकारी दिएपछि गिरीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। अब महिलाको जाहेरीका आधारमा थप अनुसन्धान थाल्ने प्रहरी नायव उपरीक्षक मदनजीत महराले बताएका छन ।

Sharing

प्रतिक्रिया दिनुहोस