• २०८३ जेष्ठ २६ गते मङ्गलवार

प्रचण्ड र माधवले पार्टी फुटाउन मात्रै ३१५ बैठक बसेछन् : प्रधानमन्त्री ओली

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १९, काठमाडौँ। प्रधानमन्त्री केपी ओलीले पार्टी फुटाउनकै लागि मात्रै प्रचण्ड र माधवले खुमलटारमा २८० र अरु ३५ बैठक बाहिर बसेको खुलासा गरेका छन् ।

आज बबरमहलमा ओली समूह निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन ९अनेरास्ववियू० ले आयोजना गरेको बृहत कार्यकर्ता भेलामा प्रधानमन्त्री ओलीले भने, “नेतृत्व खुइल्याउन र पार्टी फुटाउन मात्रै २८० बैठक त खुमलटारमै बसेका रहेछन् । अरु ३५ बैठक बाहिर बसेका रहेछन् ।”

प्रधानमन्त्री ओलीले वैशाखमा तोकिएकै समयमा चुनाव हुने दाबी गरेका छन् । उनले भने, “चुनाव हुँदैन भनेर कतिपयले भ्रम सिर्जना गरेका छन् । ढुक्क हुनुस् वैशाखमा तोकिएकै समयमै चुनाव हुन्छ ।”

Sharing

प्रतिक्रिया दिनुहोस