पुस १९, एजेन्सी । पाकिस्तानको बलुचिस्तान प्रान्तमा भएको घटनामा कम्तीमा ११ मजदुरको हत्या भएको छ । कोइलाखानीमा भएको घटनामा त्यहाँ कार्यरत ११ जना मजदुरहरुको हत्या गरिएको हो । उक्त घटनामा अन्य तीन जना घाइते भएका छन् ।
बोलान जिल्लामा शनिबार गोलीकाण्ड भएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । मजदुरहरुलाई अपरिचित लडाकूहरुले गोली प्रहार गरेको बोलानका उप–आयुक्त मुराद कासीले बताए । घटनामा परि घाइते भएका मजदुरहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था बारे केही जानकारी गराइएको छैन । घटनाका बारेमा अनुसन्धान भइरहेको र अहिलेसम्म कसैले आफ्नो संलग्नताको जिम्मेबारी पनि नलिएको अधिकारहिरुले जनाएका छन् ।