• २०८३ असोज २७ गते मङ्गलवार

अविश्वासको प्रस्ताव पेश भए सामना गर्छु : मुख्यमन्त्री गुरुङ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

 पौष  १९, काठमाडौँ। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकारमाथि अविश्वासको प्रस्ताव पेश भए सामना गरिने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षणमा उनले केन्द्रमा जे जस्तो विवाद भए पनि प्रदेशभित्र सरकार सञ्चालनमा मिलेर जानुपर्ने पक्षमा आफू रहेको बताए ।

गोरखामा शनिबार भएको कार्यक्रममा उनले अविश्वासको प्रस्ताव नै आए सामना गर्नुको विकल्प नरहेको बताए । प्रचण्ड–माधव समूहलाई केन्द्रमा झगडा भए पनि प्रदेशमा मिल्नुपर्छ भन्दै मिलेर जान आग्रह गरिएको उनको भनाइ छ ।

साविकका माओवादी केन्द्र र नेकपा एमाले अलगअलग भएर नै प्रदेशमा सरकार बनाएको भन्दै अरुलाई उदाहरण देखाउन पनि अहिले गण्डकी प्रदेशमा मिलेर जान आग्रह गरिएको मुख्यमन्त्री गुरुङले बताएका छन् । नेकपामा प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड(माधव नेपाल समूहले भिन्नभिन्न कार्यक्रम गर्दै आएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस