पुस १९, दैले । कर्तव्य ज्यान मुद्दामा १३ वर्षदेखि फरार रहेका एकजनालाई दैलेख प्रहरीले पक्राउ गरेको छ । दैलेखस्थित आठबीस नगरपालिका–१, का ४० वर्षीय बुँदे नेपालीलाई घर वतनमै लुकीछिपी रहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
३६ वर्षीया जुना नेपालीको हत्या गरेको आरोप लागेका उनी मुद्दा अनुसन्धानको सिलसिलामा २०६४ पुस २१ गते फरार भएका थिए ।