• २०८३ बैशाख १९ गते शनिवार

मूर्ति चोरेको अभियोगमा तीन जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १९, भरतपुर। मूर्ति चोरेको अभियोगमा चितवनको रत्न नगरनगरपालिकाबाट वडा सदस्यसहित तीन जना पक्राउ परेका छन् । सत्ताइस किलोको बुद्धको मूर्ति चोरीमा संलग्न रहेको अभियोगमा रत्ननगर नगरपालिका–१२ का वडा सदस्य ठूलोकान्छा तामाङ, रत्ननगर–१२ कै सुरज तामाङ र रत्ननगर–११ का रोजबहादुर योञ्जनलाई प्रहरीले पक्राउ गरेको हो ।

पुस १६ गते पक्राउ परेका उनीहरुलाई शनिबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।उनीहरुले रत्ननगर–१२ जिरौनाका जहारसिंह तामाङको घरमा लुकाएर राखिएको अवस्थामा अन्दाजी १०० वर्ष पुरानो पुरातात्विक महत्वको पित्तलको मूर्ति बरामद भएको इलाका टाँडीका प्रहरी नायब उपरीक्षक रबिन कार्कीले बताउनुभयो । उनीहरुलाई जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस