• २०८३ जेष्ठ ६ गते बुधवार

चट्याङबाट मृत्यु भएका परिवारलाई सहयोग

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १९, सप्तरी। सप्तरीमा चट्याङबाट मृत्यु भएका चार जनाको परिवारलाई राहतस्वरुप एकरएक लाख रुपैयाँ प्रदान गरिएको छ । प्रदेश नं २ सरकारले राहतस्वरुप एक-एक लाखका दरले मृतक चार जनाको परिवारलाई आज सहयोग उपलब्ध गराएको हो । राजविराजस्थित भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहको सम्पर्क कार्यालयमा एक कार्यक्रमको आयोजना गरी मृतक परिवारलाई जनही रु एक लाखको चेक हस्तान्तरण गरिएको हो ।

मन्त्री साहले सप्तरीको महादेवा गाउँपालिका–२ का २८ वर्षीय बेचन यादव र सोही ठाउँका ६० वर्षीय नकछेदी ठाकुर, डाक्नेश्वरी नगरपालिका–९ का ३० वर्षीया ललितादेवी यादव र राजगढ गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय केसीलाल साहको परिवारलाई रु एकरएक लाखको चेक हस्तान्तरण गरेका हुन् । वर्षासँगै परेको चट्याङले गत असार ११ गते सप्तरीमा चार जनाको मृत्यु भएको थियो । घरमा गोसाइँ गाड्ने पूजाकर्मका लागि बुवाआमा र साथीसँगै कोशी नदी गएका बेचन यादव र कपाल काटन लगिएका हजाम नकछेदी ठाकुरको चट्याङ लागेर मृत्यु भएको थियो । बेचन महादेवा गाउँपालिकाका खरिदार थिए ।  खेतमा काम गरिरहेकी ललीतादेवी यादवको समेत सोही दिन चट्याङ लागेर मृत्यु भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस