• २०८३ जेष्ठ २० गते बुधवार

शेयर बजार ५० अङ्कले घट्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १६, काठमाडौ । कारोबार हुने हप्ताको अन्तिम दिन आज बिहीवार शेयर बजार परिसूचक नेप्से झन्डै ५० अङ्कले घटेको छ । नेप्से आज ४९ दशमलव शून्य तीन अङ्कले घटेर दुई हजार पाँच सय ८४ दशमलव ६१ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेकोमा विकास बैंक, बीमा, फाइनान्स, माइक्रोफाइनान्स र अन्य समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज दुई सय ३१ कम्पनीका ७९ लाख ३२ हजार कित्ता शेयर तीन अर्ब ४१ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै महालक्ष्मी विकास बैंकको १२ करोड ४३ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

आज कर्पोरेट विकास बैंक र मैलुङ खोला जलविद्युत् कम्पनीको शेयर साढे ६ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार राताम्मे हुँदा पनि साम्लिङ पावर र न्यादी हाइड्रोको शेयर १० प्रतिशतले बढेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस