कात्तिक १६, काठमाडौं । आज छापावाला सुन २ सय रुपैयाँले बढेर प्रतितोला ९२ हजारमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर प्रतितोला १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।