असार १८, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चाहिने जति कोरोना खोप आउने दाबी गरेका छन् । नेकपा एमालेको केन्द्रीय समिति बैठकलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भारतबाट दोस्रो डोज नआउँदा समस्या भए पनि अब खोपको समस्या नहुने बताएका हुन ।

उनले भने, ‘अब भ्याक्सिनको समस्या छैन । पर्सिदेखि चाहिने जति भ्याक्सिन आउँछ ।’ केही दलका नेताहरुले अहिले कोरोना खोप नदेऊ भनेर लबिङ गरिरहेको बताउदै उनले भने ‘केही दलका साथीहरूले अहिले भ्याक्सिन नदेऊ, हाम्रो सरकार आएपछि दिनू भनेर लबिंग गरिरहेका छन् ।’